शैक्षिक परामर्श तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका खारेज

हिमाल प्रेस १ भदौ २०८३ ११:३२ | Monday, August 17, 2026
16
SHARES
शैक्षिक परामर्श तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका खारेज

काठमाडौँ- शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३ खारेज गरेको छ।

मन्त्रालयअन्तर्गतको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाले जारी गरेको सूचनाअनुसार नेपाल सरकारबाट स्वीकृत भई ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३’ राजपत्रमा प्रकाशित भइसकेको अवस्थामा त्यसको कार्यान्वयनमा द्विविधा उत्पन्न भएपछि पुरानो निर्देशिका खारेज गरिएको हो ।

मन्त्रालयले २०८३/०४/१८ गतेको मन्त्रीस्तरीय निर्णयबाट शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३ खारेज गर्ने निर्णय गरेको जनाएको छ।

सूचनामा उक्त निर्देशिका खारेज गरिएको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको उल्लेख छ ।

मन्त्रालयका उपसचिव हेमन्तराज कोइरालाले हस्ताक्षर गरेको सूचनामा नयाँ नियमावली कार्यान्वयनमा आइसकेपछि पुरानो निर्देशिका कायम रहँदा कार्यान्वयनमा द्विविधा देखिएकाले खारेज गरिएको बताइएको छ।

मन्त्रालयले शैक्षिक परामर्श सेवा, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापनलाई नयाँ नियमावलीअनुसार व्यवस्थित गर्ने तयारी अघि बढाएको छ।

प्रकाशित: १ भदौ २०८३ ११:३२ | Monday, August 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast