सभापतिको वैधानिकताको विषयमा अलमलमा पर्न जरूरी छैन : शर्मा

हिमाल प्रेस ३० साउन २०८३ १६:०२ | Saturday, August 15, 2026
8
SHARES
सभापतिको वैधानिकताको विषयमा अलमलमा पर्न जरूरी छैन : शर्मा

काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति र केन्द्रीय समितिको वैधानिकताको विषयमा कुनै अलमलमा पर्नुपर्ने अवस्था नरहेको बताएका छन्।

शनिबार ललितपुरमा दोश्रो झापा १–काठमाडौँ कप फुटसल प्रतियोगितामा सहभागी हुन पुगेका उपसभापति शर्माले विधिपूर्वक सम्पन्न भएको पार्टीको विशेष महाधिवेशनलाई निर्वाचन आयोग र अदालतले समेत सही भनेको अवस्थमा सभापति र केन्द्रीय समितिको वैधानिकताको विषयमा कुनै अलमलमा पर्नु नपर्ने बताएका हुन्।

उनले सर्वोच्च अदालतले गरेको फैसला सबैले स्वीकार्नुपर्ने र अदालतले पार्टीको केन्द्रीय समितिलाई बदर नगरेको तथा सभापति गगन थापा नै रहेको कुरा स्पष्ट पारेको स्मरण गर्न संस्थापन इतर समूहलाई सुझाव दिए।

पार्टी फुट्ने आशंकालाई अस्वीकार गर्दै उपसभापति शर्माले पार्टीमा विधिको सर्वोच्चता रहने प्रस्ट पारे। उनले खेलमा दर्शकले नभई रेफ्रीले मात्र पहेँलो वा रातो कार्ड देखाउन पाएजस्तै, राजनीतिमा पनि आधिकारिक निर्णय लिने वा ‘कार्ड’ देखाउने अधिकार केवल निर्वाचन आयोग र सर्वोच्च अदालतलाई मात्र हुने तर्क गरे।

प्रकाशित: ३० साउन २०८३ १६:०२ | Saturday, August 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast