इरानी राष्ट्रपति पेजेश्कियान भारत आउने

हिमाल प्रेस २९ साउन २०८३ २१:४१ | Friday, August 14, 2026
10
SHARES
इरानी राष्ट्रपति पेजेश्कियान भारत आउने

काठमाडौँ- इरानका राष्ट्रपति मसूद पेजेश्कियान आगामी ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली आउने भएका छन्।

राष्ट्रपति पेजेश्कियान सेप्टेम्बरमा भारतको राजधानी नयाँदिल्लीमा हुने शिखर सम्मेलनका लागि सहभागी हुने कार्यक्रम तय भएको स्रोतले बताएको हो।

भारतले आफ्नो सन् २०२६ को अध्यक्षतामा १८औँ ब्रिक्स शिखर सम्मेलन आयोजना गर्दैछ। सम्मेलन भारतको ‘लचिलोपन, नवीनता, सहकार्य र दिगोपनका लागि निर्माण’ विषयमा केन्द्रित हुनेछ।

भारतले सन् २०२६ को सुरुवातमा ब्राजिलबाट ब्रिक्सको अध्यक्षता सम्हालेको थियो।

सन् २०२४ अक्टोबरमा पेजेश्कियानले रुसको काजानमा भएको ब्रिक्स शिखर सम्मेलनको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका थिए। भेटमा दुवै नेताहरूले द्विपक्षीय र क्षेत्रीय मुद्दाहरूमा छलफल गरेका थिए।

इरान सन् २०२४ मा इजिप्ट, इथियोपिया र संयुक्त अरब इमिरेट्ससँगै ब्रिक्सको पूर्ण सदस्य बनेको थियो। इन्डोनेसिया सन् २०२५ मा समूहमा सामेल भएपछि पूर्ण सदस्यहरूको संख्या ११ पुगेको छ।

यसअघि जुन महिनामा इरानी विदेशमन्त्री अब्बास अराघची ब्रिक्स विदेशमन्त्रीहरूको बैठकमा सहभागी हुन भारत आएका थिए।

बैठकपछि राजधानीमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अराघचीले नयाँ दिल्लीको बढ्दो प्रभावलाई विश्वव्यापी शान्तिदूतका रूपमा महत्त्व दिएका थिए।

पश्चिम एसियाको अस्थिर अवस्थामा तनाव कम गर्न भारतले ‘ठूलो भूमिका’ खेल्न सक्ने धारणा उनको थियो।

अराघचीले भने, ‘तेहरानले सशस्त्र द्वन्द्वमा कुनै भविष्य देख्दैन। वर्तमान् संकटको कुनै सैन्य समाधान छैन र ‘वार्तामार्फत समाधान’ एकमात्र मार्ग हो।’

तेहरान भारतीय मध्यस्थताप्रति खुला रहेको कुरा जोड्दै उनले टिप्पणी गरेका थिए, ‘हामी भारतको कुनै पनि रचनात्मक भूमिकालाई स्वागत गर्नेछौँ।’

अराघचीले विदेशमन्त्री एस जयशंकरसँग पनि वार्ता गरेका थिए।- रासस/एएनआई

प्रकाशित: २९ साउन २०८३ २१:४१ | Friday, August 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast