चितवनमा दुई जनालाई डेंगु, ६ स्क्रब टाइफस संक्रमित

हिमाल प्रेस २९ साउन २०८३ ६:२५ | Friday, August 14, 2026
6
SHARES
चितवनमा दुई जनालाई डेंगु, ६ स्क्रब टाइफस संक्रमित

चितवन- चितवनमा यही साउनमा दुई जनामा डेंगु र ६ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ।

जनस्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लाका स्थानीय दुई जनामा डेंगु संक्रमणण पुष्टि भएको छ। कालिका नगरपालिकामा एक महिला र इच्छाकामना गाउँपालिकामा एक पुरुषमा डेंगु संक्रमणण देखिएको हो।

त्यसैगरी जिल्लाका स्थानीय ६ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ। भरतपुर महानगरपालिकाका एक पुरुष र चार महिलासहित पाँच तथा रत्ननगर नगरपालिकाका एक पुरुषमा स्क्रब टाइफस संक्रमण देखिएको कार्यालयले जनाएको छ।

अन्य जिल्लाबाट उपचारका लागि चितवन आएका दुई जनामा डेंगु र २८ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ।

यससँगै यो महिनाभर चितवनमा अभिलेख भएका डेंगु संक्रमितको सङ्ख्या चार र स्क्रब टाइफस संक्रमितको सङ्ख्या ३४ पुगेको छ।

जनस्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार हालसम्म डेंगुको १७८ र स्क्रब टाइफसको २११ जनाको परीक्षण गरिएको छ।

दुवै रोगका कारण हालसम्म कुनै पनि व्यक्तिको मृत्यु नभएको कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिए।

प्रकाशित: २९ साउन २०८३ ६:२५ | Friday, August 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast