सेना, प्रहरी र कर्मचारीको हुर्मत लिने काम भइरहेको छ : सांसद अमरेश सिंह

हिमाल प्रेस २९ साउन २०८३ ६:१० | Friday, August 14, 2026
4
SHARES
सेना, प्रहरी र कर्मचारीको हुर्मत लिने काम भइरहेको छ : सांसद अमरेश सिंह

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले देशभरका सार्वजनिक संस्था तथा सरकारी निकायमाथि हस्तक्षेप भइरहेको आरोप लगाएका छन्।

सिंहले बिहीबार फेसबुकमार्फत सेना, प्रहरी र कर्मचारीको हुर्मत लिने काम भइरहेको बताएका हुन्। उनले सांसदहरूले दिने अभिव्यक्तिले संसद्कै गरिमामाथि प्रश्न उठ्ने अवस्था सिर्जना भएको टिप्पणी गरेका छन्।

उनले पछिल्लो समय व्यापारीहरूको धरपकड बढेको भन्दै व्यवसायीहरू त्रसित रहेको दाबी गरेका छन्।

त्यस्तै, नेपालको परराष्ट्र नीतिमाथि समेत प्रश्न उठाउँदै अन्तर्राष्ट्रिय तहमा नेपालको विश्वसनीयतामाथि संकट उत्पन्न भएको उनको भनाइ छ।

‘परराष्ट्र नीति त झन् यस्तो कि कसैले विश्वास गरिरहेको छैन,’ सिंहले लेखेका छन्।

उनले सरकारको कामकारबाहीप्रति प्रश्न उठाउँदै सार्वजनिक संस्था, सरकारी निकाय, सुरक्षा संयन्त्र र कर्मचारीतन्त्रमाथि भइरहेको व्यवहार तथा मुलुकको परराष्ट्र नीतिले समृद्धि र सुशासन हासिल गर्ने बाटो देखाउन नसकेको बताएका छन्।

‘के समृद्धि र सुशासनको रोडम्याप यही हो? कि राज्यलाई अझै पछाडि धकेल्ने काम भइरहेको छ? सोच्ने बेला भएको छैन?’ सिंहको प्रश्न छ।

प्रकाशित: २९ साउन २०८३ ६:१० | Friday, August 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast