बीपीको स्वदेश फिर्तीसँग तुलना गर्दै देउवाले भने : नेता बनेर नभई महान् राष्ट्रको आजीवन नागरिक भएर फर्किँए

हिमाल प्रेस २८ साउन २०८३ १३:३६ | Thursday, August 13, 2026
24
SHARES
बीपीको स्वदेश फिर्तीसँग तुलना गर्दै देउवाले भने : नेता बनेर नभई महान् राष्ट्रको आजीवन नागरिक भएर फर्किँए

काठमाडौँ- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू नेता बनेर नभई महान् राष्ट्रको आजीवन नागरिक भएर फर्किएको बताएका छन्।

काठमाडौँ आइपुगेपछि जारी गरेको विज्ञप्तिमा देउवा सार्वजनिक जीवनमा पदमा बसेर काम गर्दा आलोचना भए पनि जीवनमा राष्ट्र, लोकतन्त्र, नागरिक, संविधान र कानुनलाई सर्वोपरी मानेको बताएका छन्।

उनले शक्ति प्राप्त गर्न भन्दा पनि राष्ट्र एकता सुदृढ गर्न स्वदेश फर्किएको उल्लेख गरेका छन्।

‘२०३३ सालमा वीपी कोइराला भारत निर्वासनबाट नेपाल फर्कंदा सबै राष्ट्रवादी र प्रजातन्त्रवादी शक्तिहरू एक हुनु पर्ने समय आएको उद्घोष गर्नु भएको थियो । मलाई लाग्छ फेरि ४७ वर्षपछि हाम्रो राष्ट्रिय एकतालाई मजबुत गर्न सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता देखिएको छ। आउनुहोस्, विगतका विभाजन र विद्वेषका घाउहरू निको पारौं । प्रतिशोध होइन, मेलमिलापको मार्ग रोजौं । यस्तो नेपाल निर्माण गरौं जहाँ प्रत्येक बालकले निर्भिक सपनाहरू देख्न सकोस्, प्रत्येक ज्येष्ठ नागरिकले सम्मानपूर्वक विश्राम गर्न पाओस्, र प्रत्येक समुदाय समृद्धि तथा अवसरका साथ फस्टाउन सकोस्,’ उनले भनेका छन्।

 

प्रकाशित: २८ साउन २०८३ १३:३६ | Thursday, August 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast