काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ। सभापति गगनकुमार थापाको सभापतित्वमा साउन २४ गतेदेखि ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा जारी बैठक आज दिउँसो १२ः३० बजे पुनः बस्नेछ। आगामी १५ औँ महाधिवेशनका विषयमा पनि कांग्रेसको बैठकमा छलफल चलिरहेको छ।
छलफल जारी रहेकाले आजको बैठकमा पनि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्ने र आगामी रणनीतिबारे थप छलफल हुने जनाइएको छ।
प्रकाशित: २८ साउन २०८३ ८:२२ | Thursday, August 13, 2026
प्रतिक्रिया


