काठमाडौँ- वर्षाको सम्भावना कम भएसँगै देशभर गर्मी कायमै रहने मौसम पूर्वानुमान छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो केही स्थानमा मात्रै वर्षा तथा मेघगर्जनको सम्भावना रहेकाले धेरै ठाउँमा गर्मीको अनुभव हुने देखिएको छ।
महाशाखाका अनुसार मंगलबार काठमाडौंमा अधिकतम तापक्रम ३२ डिग्री सेल्सियससम्म पुगेको थियो। बुधबार दिउँसो वर्षाको सम्भावना थोरै स्थानमा मात्रै रहे पनि रातिदेखि भने पूर्वी नेपालबाट वर्षा बढ्दै जाने पूर्वानुमान छ ।
बिहीबार विशेषगरी बागमती र गण्डकी प्रदेशका मध्यपहाडी क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ।
प्रकाशित: २७ साउन २०८३ १०:३९ | Wednesday, August 12, 2026
प्रतिक्रिया


