काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ः३० बजे बस्ने बैठकमा समसामयिक राजनीतिक, आर्थिक तथा जनजीविकासँग सम्बन्धित विषयमा छलफललाई निरन्तरता दिइने भएको छ ।
कांग्रेस सभापति गगनकुमार थापाको सभापतित्वमा आइतबारदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राखिरहेका छन् । सोमबारको बैठकमा २२ जना केन्द्रीय सदस्यले धारणा व्यक्त गरेका थिए ।
बैठकमा खाना पकाउने ग्यासको सहज आपूर्ति, रासायनिक मलको उपलब्धता, किसानका उत्पादनको बजार व्यवस्थापन, कालोबजारी नियन्त्रण तथा ऊर्जा नीतिसम्बन्धी विषयमा पनि छलफल भएको कांग्रेसले जनाएको छ ।
छलफलको क्रम जारी रहेकाले बैठक आज पनि बस्न लागेको हो। आइतबारको बैठकमा महामन्त्री प्रदीप पौडेलले एजेन्डा पेस गरेका थिए ।


