रसुवामा विस्फोटक पदार्थ नष्ट गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

हिमाल प्रेस २५ साउन २०८३ १७:५९ | Monday, August 10, 2026
24
SHARES
रसुवामा विस्फोटक पदार्थ नष्ट गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

काठमाडौँ- रसुवाको माङचेतमा विस्फोटक पदार्थ नष्ट गर्ने क्रममा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने नेपाली सेनाका दुई सैनिकसहित ६ जना घाइते भएका छन्।

माङचेतस्थित ब्यारेकको बंकर घरमा लामो समयदेखि भण्डारण गरिएका विभिन्न आयोजनामा प्रयोग हुने, म्याद समाप्त भई काम नलाग्ने अवस्थामा रहेका विस्फोटक पदार्थ नष्ट गर्ने क्रममा विस्फोट भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिए।

विस्फोटमा नेपाली सेनाका दुई जना र चार जना सर्वसाधारण गरी ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी डिल्लीराज सापकोटाले साेमबार जानकारी दिए।

घाइतेमध्ये दुई सैनिक र एक सर्वसाधारणलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ। बाँकी घाइतेको रसुवा अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

घाइतेहरूलाई नेपाली सेनाको रेस्क्यु उडानमार्फत काठमाडौँस्थित वीरेन्द्र अस्पताल, छाउनी ल्याएको प्रवक्ता बस्नेतले जानकारी दिए।

विस्फोटमा कुन प्रकारको विस्फोटक पदार्थ परेको थियो भन्नेबारे यकिन भइनसकेको प्रहरीले जनाएको छ। घटनापछि विस्फोटक पदार्थको पहिचान र घटनाको कारणबारे अनुसन्धान अघि बढाइएको छ।

प्रहरीका अनुसार अहिले घटनाको थप अनुसन्धानभन्दा घाइतेको उपचारलाई प्राथमिकता दिइएको छ। घटनामा मृत्यु भएका व्यक्ति तथा घाइतेहरूको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २५ साउन २०८३ १७:५९ | Monday, August 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast