नेपाली कलाको प्रवर्द्धनका लागि बैंककमा ‘टाइगर एन्ड तोर्मा’ हस्तकला प्रदर्शनी

हिमाल प्रेस २४ साउन २०८३ १८:१४ | Sunday, August 9, 2026
2
SHARE
नेपाली कलाको प्रवर्द्धनका लागि बैंककमा ‘टाइगर एन्ड तोर्मा’ हस्तकला प्रदर्शनी

काठमाडौँ- नेपाली कलाको प्रवर्द्धन तथा नेपाली हस्तकलाका सामग्रीको निर्यात अभिवृद्धि गर्ने उद्देश्यले थाइल्यान्डको राजधानी बैंककमा नेपाली कला तथा हस्तकला प्रदर्शनी सुरू भएको छ।

नेपाली राजदूतावास बैंककको आयोजनामा नेपाली कला तथा हस्तकला प्रदर्शनी सुरू गरिएको हो।

नेपालको बौद्ध दर्शन, कला, संस्कृति र परम्परा भल्काउने मौलिक हस्तकला, प्राकृतिक कच्चा पदार्थमा आधारित उत्पादन तथा समकालीन कलात्मक अभिव्यक्तिको संयोजनको रूपमा ‘टाइगर एन्ड तोर्मा ः टाइमलेस टेल्स अफ नेपाल’ शीर्षकमा प्रदर्शनी आयोजना गरिएको दूतावासले जनाएको छ।

प्रदर्शनीमा अल्लो, भाङ, कपास, ढाका र ऊनलगायत नेपाली स्थानीय कच्चा पदार्थ प्रयोग गरी थाइल्यान्डका शाही कलाकार सकुन इन्ताकुलको डिजाइनअुसार नेपालका विभिन्न घरेलु उद्योगमा आवद्ध शिल्पकर्मीहरूले तयार पारेका कलाकृतिहरू समावेश गरिएका छन्।

यसैगरी डोल्पाका प्रसिद्ध कलाकार तेन्जिन नोर्बु, ढाका कपडाका विशिष्ट शिल्पी चुनु बास्तोला, कुम्बेश्वर टेक्निकल स्कुल तथा नेपालका दक्ष गलैँचा उत्पादकहरूले तयार पारेका गलैँचा, चित्रकला, पुष्पकला तथा अन्य सांस्कृतिक कलाकृतिकहरु पनि प्रदर्शनीमा राखिएका छन्।

प्रदर्शनीको शीर्षकमा समावेश ‘टाइगर’ अर्थात् बाध र ‘तोर्मा’ अर्थात् हिमाली बौद्ध संस्कृतिका प्रतीक हुन्।

प्रदर्शनीमा आगन्तुकहरूले चारवटा विशिष्ट कलात्मक अनुभूतिमार्फत नेपालको हिमाली कला, संस्कृति र आध्यात्मिक परम्पराको अनुभव गर्ने दूतावासको विश्वास छ।

प्रकाशित: २४ साउन २०८३ १८:१४ | Sunday, August 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast