कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

हिमाल प्रेस ३ वैशाख २०८३ १२:१२ | Thursday, April 16, 2026
कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार सांकेतिक तस्बिर।

काठमाडौँ- बैंककस्थित नेपाली दूतावासले कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार गरेको छ।

विभिन्न माध्यमबाट कम्बोडिया पुगेका उनीहरूलाई गैरकानुनी काममा लगाइएको जानकारी प्राप्त भएपछि कम्बोडियाली सरकारको सहयोगमा उद्धार गरिएको हो। कम्बोडियाबाट उद्धार गरिएका सबै स्वदेश फर्केका छन्।

दूतावासका अनुसार आकर्षक रोजगारी पाइने विश्वासमा सन् २०२१ मा १०१ जना, सन् २०२२ मा एक हजार ९७७ जना, सन् २०२३ मा दुई हजार ९४० जना, सन् २०२४ मा ६ हजार ४०४ जना र सन् २०२५ मा नौ हजार ६७६ जना नेपाली कम्बोडिया पुगेका थिए।

दूतावासले श्रम स्वीकृति नलिई कम्बोडिया, लाओस, म्यानमार र थाइल्यान्ड नजान अनुरोध गरेको छ।

प्रकाशित: ३ वैशाख २०८३ १२:१२ | Thursday, April 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast