काठमाडौँ- कालीमाटी बजारमा शुक्रबार हरियो खुर्सानीको मूल्य घटेको छ भने अकबरे खुर्सानी महँगिएको छ।
हरियो लाम्चो खुर्सानी प्रतिकिलो ९० रुपैयाँबाट ७० रुपैयाँमा झरेको छ। माछे खुर्सानी पनि ८० बाट ७० रुपैयाँमा झरेको छ। तर अकबरे खुर्सानी २०० रुपैयाँबाट बढेर २५० रुपैयाँ पुगेको छ।
यस्तै, हरियो लसुन १५० बाट १८० रुपैयाँ पुगेको छ भने अधिकांश मसला तथा फलफूलको मूल्य स्थिर रहेको समितिले जनाएको छ।
प्रकाशित: २२ साउन २०८३ ८:३८ | Friday, August 7, 2026
प्रतिक्रिया


