होर्मुज जलमार्ग।
फाइल तस्बिर : एपी/रासस
काठमाडौँ- अमेरिकी अर्थमन्त्री स्कट बेसन्टले हर्मुज जलमार्ग खोल्ने विषयमा इरानसँग सम्झौता हुने सम्भावना व्यक्त गर्नासाथ अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ।
यो समाचारपछि ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल झन्डै ५५ ले घटेर ८० डलरभन्दा कम भएको छ। लगानीकर्ताहरू सम्झौताले तेल आपूर्तिमा अवरोध अन्त्य हुने आशामा छन्।
अमेरिकाका विदेशमन्त्री मार्को रुबियो र अर्थमन्त्री स्कट बेसन्टले वार्तामा प्रगति भएको र यस हप्ता तेल र अन्य सामानको समुद्री ढुवानी पुनः सुरु हुने अपेक्षा गरिएको बताएका छन्।
अर्थमन्त्री बेसन्टले त आज (बुधबार) नै इरानसँग हर्मुज स्ट्रेटबाट जहाज आवतजावत पुनः सुरु गर्न सम्झौता हुने सम्भावना रहेको बताएका छन्।
अमेरिका र इरानबिचको तनाव कम गर्ने प्रयास विगत केही महिनादेखि असफल हुँदा तेल बजारमा निरन्तर अस्थिरता देखिएको छ।


