अर्थतन्त्र रूपान्तरणमा बैंकिङ क्षेत्रलाई साझेदार बनाइनेछ : अर्थमन्त्री

हिमाल प्रेस १९ साउन २०८३ १९:५१ | Tuesday, August 4, 2026
16
SHARES
अर्थतन्त्र रूपान्तरणमा बैंकिङ क्षेत्रलाई साझेदार बनाइनेछ : अर्थमन्त्री

काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले नेपालको वित्तीय प्रणालीलाई आर्थिक रूपान्तरणको नेतृत्वदायी साझेदार बनाएर अघि बढ्ने बताएका छन्।

मंगलबार मन्त्रालयमा २० वाणिज्य बैंकका सीईओसँग छलफल गर्दै मन्त्री वाग्लेले सरकार र बैंकिङ क्षेत्रबीचको सम्बन्ध नियामक र नियमित निकायको मात्र नभई साझा राष्ट्रिय जिम्मेवारीको सम्बन्ध रहेको समेत बताए।

उनले आर्थिक वृद्धि, लगानी विस्तार, रोजगारी सिर्जना र वित्तीय स्थायित्व सबैको साझा उदेश्य भएको उल्लेख गरे।

लगानीको विश्वास निर्माण गर्ने, लगानी विस्तार गर्ने, उत्पादन बढाउने र नेपाललाई उच्च वृद्धि तथा उच्च उत्पादकत्वको नयाँ चरणमा प्रवेश गराउने काममा सरोकारवाला सबैको सहकार्य आवश्यक रहेको उनको भनाइ छ।

बैठकमा सहभागी नबिल बैंकका सीईओ मनोज ज्ञवालीले आयात घटाउने, निर्यात बढाउने, शोधनान्तर स्थितिमा सुधार गर्ने र उत्पादनशील क्षेत्रमा लगानी बढाउने विषयमा छलफल केन्द्रित रहेको जानकारी दिए।

अर्थमन्त्रीले निजी र बैंकिङ क्षेत्रलाई अभिभावकका रूपमा विश्वासको वातावरण बनाउने, नीतिगत वा कानुनी बाधा–अड्चन फुकाउन तयार रहेको र जीडीपी तथा प्रतिव्यक्ति आयको लक्ष्य भेट्याउन सहकार्य गर्ने बताएको उनले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast