‘निम्स दाइ’ को निधनमा अन्नपूर्णले दियो शोक बिदा

हिमाल प्रेस १७ साउन २०८३ १६:३७ | Sunday, August 2, 2026
12
SHARES
‘निम्स दाइ’ को निधनमा अन्नपूर्णले दियो शोक बिदा

म्याग्दी- ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधनमा उनको जन्मथलो म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सोमबार शोक बिदा दिएको छ।

अन्नपूर्ण-३ दानामा जन्मिएको पुर्जाको पाकिस्तानको ‘ब्रड पिक’ आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएको थियो।

गाउँपालिकाका अध्यक्ष भरतकुमार पुनद्वारा आज सार्वजनिक गरिएको सूचनामा पुर्जाको निधनले गाउँपालिका परिवारसहित सिँगो म्याग्दीवासीलाई स्तब्ध र मर्माहत तुल्याएको उल्लेख छ।

उनको निधनप्रति दुःख व्यक्त गर्दै गाउँपालिकाले सोमबार अत्यावश्यकबाहेक सबै कार्यालय, वडा, स्वास्थ्य संस्था र विद्यालयहरूमा शोक बिदा दिने निर्णय गरेको हो।

नेपाली पर्वतारोहण क्षेत्रलाई विश्वमाझ नयाँ उचाइमा पुर्‍याउन, नेपाली पर्वतारोहीहरूको पहिचान र गौरवलाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न तथा साहस, नेतृत्व र समर्पणको अनुपम उदाहरण प्रस्तुत गर्न पुर्जाले पुर्‍याएको योगदान सदैव स्मरणीय रहने गाउँपालिकाले जनाएको छ।

पुर्जाको निधनले विश्व पर्वतारोहण समुदायमा अपूरणीय क्षति पुगेको गाउँपालिकाद्वारा जारी सूचनामा उल्लेख छ।

प्रकाशित: १७ साउन २०८३ १६:३७ | Sunday, August 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast