निर्मल पुर्जाको निधनप्रति एमाले, ‘राष्ट्रले अमूल्य राष्ट्रिय धरोहर र साहसी सन्तति गुमायो’

हिमाल प्रेस १७ साउन २०८३ १०:१२ | Sunday, August 2, 2026
10
SHARES
निर्मल पुर्जाको निधनप्रति एमाले, ‘राष्ट्रले अमूल्य राष्ट्रिय धरोहर र साहसी सन्तति गुमायो’

काठमाडौँ- पर्वतारोही निर्मल पुर्जा र उनको टोलीका सदस्यहरूको पाकिस्तानस्थित ब्रोड पिकको हिमपहिरोमा परी भएको निधनप्रति नेकपा एमालेले गहिरो शोक व्यक्त गरेको छ ।

एमालेका महासचिव शंकर पोखरेलले आज एक शोक वक्तव्य जारी गर्दै यस अकल्पनीय खबरले पार्टी अत्यन्त स्तब्ध र मर्माहित भएको उल्लेख गरेका छन् ।
हिमपहिरोमा परी पुर्जासहित पुरबहादुर गुरुङ, किली पेम्बा शेर्पा, निमा शेर्पा, नवाङ थिन्दु शेर्पा र ग्याल्जेन शेर्पाको निधन भएको हो ।

उनीहरूको असामयिक निधनले पर्वतारोहण क्षेत्रका साथै समग्र राष्ट्रले नै आफ्नो अमूल्य राष्ट्रिय धरोहर र साहसी सन्तति गुमाएको एमालेको ठहर छ ।

 

प्रकाशित: १७ साउन २०८३ १०:१२ | Sunday, August 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast