रेखा थापाको ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

हिमाल प्रेस १६ साउन २०८३ ८:४२ | Saturday, August 1, 2026
16
SHARES
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

काठमाडौँ- चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक भएको छ । गीतमा प्रशान्त शिवाकोटीको शब्द तथा संगीत छ । स्वर प्रशान्त र विज्ञानी पराजुलीको छ ।

गीत एकै नजरमा बसेको प्रेम र त्यसपछिको परिकल्पनाको वरिपरि केन्द्रित छ । गीतको भिडियोमा दील श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ, नीति शाहलगायत कलाका छन् ।

भदौ २६ गतेबाट प्रदर्शन हुने यो चलचित्रलाई रेखा थापाले निर्देशन गरेकी छन् ।

चलचित्रमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहाडीलगायतको पनि अभिनय रहेको छ ।

ध्रुव लम्सालको कथा रहेको चलचित्रमा सुदीप बराल डीओपी रहेको छ ।

प्रकाशित: १६ साउन २०८३ ८:४२ | Saturday, August 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast