कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा हुन्छ : मौसम विभाग

हिमाल प्रेस १६ साउन २०८३ ६:३० | Saturday, August 1, 2026
16
SHARES
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा हुन्छ : मौसम विभाग

काठमाडौँ– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतिर र पूर्वमा सरदर स्थानको आसपासमा रहेको छ।

जसको प्रभावले लुम्बिनी प्रदेशको तराई भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा साधरणतया बादल लागेको छ। बागमती प्रदेशको थोरै स्थान तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधरणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा र पहाडी भूभागका धेरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ। साथै तराई भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति देशभर साधरणतया बादल लाग्नेछ। देशको हिमाली र पहाडी भूभागका केही तथा तराई भूभागका धेरै स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी र तराई भूभाग, मधेस प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

प्रकाशित: १६ साउन २०८३ ६:३० | Saturday, August 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast