रद्द भएका कर्मचारी भर्नाको आवेदन शुल्क फिर्ता गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

हिमाल प्रेस १५ साउन २०८३ ९:४० | Friday, July 31, 2026
6
SHARES
रद्द भएका कर्मचारी भर्नाको आवेदन शुल्क फिर्ता गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

काठमाडौँ- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कर्मचारी पदपूर्तिसम्बन्धी विज्ञापन रद्द भएका अवस्थामा उम्मेदवारले तिरेको दरखास्त दस्तुर फिर्ता गर्न सबै मन्त्रालय, प्रदेश सरकार र स्थानीय तहलाई निर्देशन दिएको छ।

प्रधानमन्त्री कार्यालयको प्रशासन शाखाले बिहीबार जारी गरेको पत्रमा मन्त्रालय, प्रदेश तथा स्थानीय तह र अन्तर्गतका निकाय तथा संगठित संस्थाले प्रकाशित गरेका कर्मचारी पदपूर्तिसम्बन्धी विज्ञापन वा सूचना विभिन्न कारणले रद्द भएमा उम्मेदवारले बुझाएको आवेदन शुल्क सम्बन्धित उम्मेदवारकै बैंक खातामा फिर्ता गर्ने व्यवस्था मिलाउन भनिएको छ।

पत्रमा उक्त व्यवस्था कार्यान्वयन गर्न आवश्यक प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई अनुरोध गरिएको छ।

यस निर्देशन सबै मन्त्रालय, सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सबै स्थानीय तहलाई पठाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

प्रकाशित: १५ साउन २०८३ ९:४० | Friday, July 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast