काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आलु, प्याज, मसला तथा अन्य कृषिउपजको अधिकतम थोक मूल्य पनि सार्वजनिक गरेको छ।
समितिका अनुसार रातो आलु प्रतिकिलो ५२ देखि ५३ रुपैयाँ, भारतीय रातो आलु ५७ रुपैयाँ, सेतो आलु ३५ रुपैयाँ तथा भारतीय सुकेको प्याज प्रतिकिलो ५७ रुपैयाँ कायम गरिएको छ।
यसैगरी अदुवा प्रतिकिलो २३० रुपैयाँ, सुकेको खुर्सानी ५५० रुपैयाँ, हरियो लाम्चो खुर्सानी ९० रुपैयाँ, बुलेट खुर्सानी ८० रुपैयाँ, अकबरे खुर्सानी २०० रुपैयाँ तथा भेडे खुर्सानी १०० रुपैयाँ निर्धारण गरिएको छ।
समितिका अनुसार हरियो धनियाँ प्रतिकिलो ३५० रुपैयाँ, हरियो लसुन १५० रुपैयाँ, नेपाली सुकेको लसुन २०० रुपैयाँ, चाइनिज लसुन २४० रुपैयाँ, तोफु १६० रुपैयाँ, गुन्द्रुक ३५० रुपैयाँ र तामा १६० रुपैयाँ कायम गरिएको छ।


