‘पाथीभरा माता’ नामले प्रख्यात २४ वर्षीय समीर थापा महिला दुर्व्यवहार गरेको आरोपमा पक्राउ

हिमाल प्रेस १४ साउन २०८३ ७:०३ | Thursday, July 30, 2026
24
SHARES
‘पाथीभरा माता’ नामले प्रख्यात २४ वर्षीय समीर थापा महिला दुर्व्यवहार गरेको आरोपमा पक्राउ

काठमाडौँ- आफूलाई ‘पाथीभरा माता’ नामले चिनाउने २४ वर्षीय समीर थापा प्रहरी नियन्त्रणमा परेका छन्।  जिल्ला प्रहरी कार्यालय सुर्खेतले उनलाई वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत एरिचोकबाट पक्राउ गरेको हो।

नेपाल प्रहरीको समाचार शाखाका अनुसार निरीक्षक दीपक मगराठीको नेतृत्वमा गएको टोलीले थापालाई उनकै घरबाट पक्राउ गरेको हो। थापाले धर्मका नाममा झारफुक तथा हेराई मनाई गर्छु भन्दै एक महिलालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

थापालाई फोटो तथा भिडियोहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिरहेको अवस्थामा स्थानीयले टेलिफोनमार्फत जानकारी गराएका थिए । त्यस लगत्तै प्रहरीले थापालाई पक्राउ गरेको हो । उनको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनलाई अभियन्ता वेदिका केसीले पनि नक्कली माता भएको आरोप लगाएकी थिइन्। त्यसविरुद्ध थापाले उनलाई गालीगलौज गरेका थिए।

 

प्रकाशित: १४ साउन २०८३ ७:०३ | Thursday, July 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast