लमजुङमा धन्सारमाथि पहिरो, एकै परिवारका चार घाइते

हिमाल प्रेस १२ साउन २०८३ ७:५२ | Tuesday, July 28, 2026
8
SHARES
लमजुङमा धन्सारमाथि पहिरो, एकै परिवारका चार घाइते

काठमाडौँ- लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटबेशीमा कुलो भत्किँदा आएको पहिरोले धन्सार पुरिँदा एकै परिवारका चार जना घाइते भएका छन् ।

मंगलबार बिहान करिब २ः३५ बजे चितिखोलाबाट भाटबेशीतर्फ ल्याइएको कुलो भत्किएर आएको पहिरोले स्थानीय विष्णु दत्त सुवेदीको ढुंगा–माटोले बनेको दुईतले कच्ची धन्सार पूर्ण रूपमा भत्काएको हो । धन्सार भित्र रहेका चार जना पुरिएको जानकारी प्राप्त हुनासाथ बिहान इलाका प्रहरी कार्यालय भोर्लेटारबाट प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो ।

प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा पुरिएका चारै जनाको उद्धार गरी प्रारम्भिक उपचारका लागि चिसंखु स्वास्थ्य चौकी, रामबजार पठाएकोमा घाइते चारै जनालाई बिहान ४ः१० बजे थप उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा रिफर गरिएको छ ।

घाइते हुनेहरूमा ५० वर्षीया शुक माया बिक, ५९ वषीय टिक बहादुर बिक, १५ वर्षीया विनीता बिक र १६ वर्षीया अस्मिता बिक रहेका छन् ।

 

प्रकाशित: १२ साउन २०८३ ७:५२ | Tuesday, July 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast