दाङमा ढिस्को खस्दा पुरिएर १५ वर्षीय बालकको मृत्यु

हिमाल प्रेस १० साउन २०८३ ८:४६ | Sunday, July 26, 2026
2
SHARE
दाङमा ढिस्को खस्दा पुरिएर १५ वर्षीय बालकको मृत्यु

काठमाडौँ- दाङमा माटोको ढिस्को खस्दा पुरिएर १५ वर्षीय एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राजपुर गाउँपालिका २ बेलास्थित दुर्गा सामुदायिक वनभित्र ट्याक्टर लिएर माटो लिन गएका बेला माटोको ढिस्को खसेर बालक पुरिएका हुन् ।

प्रहरीका अनुसार शनिबार राति करिब ९ बजे दुई जना बालक ट्याक्टरसँगै माटो लिन गएका थिए । सोही क्रममा एक्कासी माटोको ढिस्को खस्दा एक बालक पुरिएका थिए । घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याएको थियो । तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ । मृतकको शव पोस्टमार्टमका लागि लमही अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित: १० साउन २०८३ ८:४६ | Sunday, July 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast