काठमाडौँ- तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको शव फेला परेको छ।
तारकेश्वर नगरपालिका–९ बस्ने ४५ वर्षीया रश्मी रिजालको शव जलेको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले जानकारी दिए।
रिजाल शुक्रबार कार्यालय जान्छु भनी घरबाट हिँडेको र कार्यालय नपुगी बेपत्ता भएको भन्दै परिवारका सदस्यले शुक्रबारै खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए।
उनको खोजी गर्दै जाँदा शनिबार कारको पछाडिको सिटमा जलेको अवस्थामा शव फेला परेको घिमिरेले जानकारी दिए। कारको भित्री भाग अधिकांश जलेको र निस्सासिएर उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
प्रकाशित: ९ साउन २०८३ २०:१७ | Saturday, July 25, 2026
प्रतिक्रिया


