लोकप्रियतावादको जगमा खडा भएको सरकार धेरै टिक्दैन : पोखरेल

हिमाल प्रेस ९ साउन २०८३ १९:१० | Saturday, July 25, 2026
4
SHARES
लोकप्रियतावादको जगमा खडा भएको सरकार धेरै टिक्दैन : पोखरेल

काठमाडौँ- नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकार लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको जगमा खडा भएको बताएका छन्।

नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको जगमा बालेन नेतृत्वको सरकार खडा भएको भन्दै छिटो उदय भएका यस्ता शक्तिको पतन पनि त्यति नै छिटो हुने बताए।

रास्वपा वा सरकारको असफलतामा जनमत स्वतः फेरि पुरानै शक्तितर्फ फर्कन्छ भन्ने ढुक्क नभएको उनको भनाइ छ।

उनले अनुभवी र नयाँ पुस्ता मिलेर बनेको बामपन्थी आन्दोलनमा अहिले पुराना नेताहरू मात्र देखिने र परिवर्तनका वाहक मानिने युवाहरूको उपस्थिति घट्दै गएको भन्दै चिन्ता व्यक्त गरे।

युवाहरूलाई जोड्न केवल परम्परागत विचार र भाषाले मात्र नपुग्ने उल्लेख गर्दै महासचिव पोखरेलले सूचना प्रविधिको आधार र नयाँ वैचारिक धरातलको आवश्यकता रहेको बताए।

उनले श्रमजीवी र मजदुर वर्गलाई रूपान्तरणको आन्दोलनसँग जोड्न सके बामपन्थी आन्दोलन पुनः शक्तिशाली रूपमा उदाउने विश्वास व्यक्त गरे।

प्रकाशित: ९ साउन २०८३ १९:१० | Saturday, July 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast