कागेश्वरी नाच आइडल साउन ९ देखि, विजेतालाई एक लाख रुपैयाँ पुरस्कार

हिमाल प्रेस ७ साउन २०८३ १६:२५ | Thursday, July 23, 2026
12
SHARES
कागेश्वरी नाच आइडल साउन ९ देखि, विजेतालाई एक लाख रुपैयाँ पुरस्कार

काठमाडौँ– बालबालिका तथा युवामा रहेको नृत्य प्रतिभालाई राष्ट्रिय स्तरमा उजागर गर्ने उद्देश्यले ‘कागेश्वरी नाच आइडल–३’ प्रतियोगिता साउन ९ गतेदेखि आयोजना हुने भएको छ।

सनराइज डान्स स्टुडियो (थली), अरुण डान्स एकेडेमी (गोठाटार) र एम.आर. डान्स स्टुडियो (जडीबुटी) को संयुक्त आयोजनामा हुने प्रतियोगिताको अडिसन साउन ९, १०, १६ र १७ गते काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरिने आयोजकले जनाएको छ।

आयोजक संस्थामध्ये एमआर डान्स स्टुडियोका प्रमुख रोहित बस्नेतका अनुसार काठमाडौँ उपत्यकासहित देशका विभिन्न महानगरपालिका, नगरपालिका र जिल्लाका प्रतिभाशाली नृत्यकर्मीलाई एउटै मञ्चमा ल्याई उनीहरूको प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नु प्रतियोगिताको मुख्य उद्देश्य हो। अडिसन सम्पन्न भएपछि सेमिफाइनल र अन्य चरणको मिति सार्वजनिक गरिने उनले बताए।

प्रतियोगितामा ७ देखि १४ वर्ष उमेर समूहका विद्यार्थी (स्टुडेन्ट डिभिजन) तथा मम्स डिभिजनअन्तर्गत सहभागी हुन सक्नेछन्। प्रतियोगिताको ग्रान्ड फाइनल असोज ४ गते राष्ट्रिय नाचघरमा हुनेछ।

स्टुडेन्ट डिभिजनतर्फ विजेताले नगद एक लाख रुपैयाँ, ट्रफी, मेडल, प्रमाणपत्र तथा एक म्युजिक भिडियोमा अभिनय गर्ने अवसर प्राप्त गर्नेछन्। प्रथम उपविजेताले ३० हजार रुपैयाँ र द्वितीय उपविजेताले २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। टप–१० प्रतियोगीलाई विशेष पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ।

मम्स डिभिजनतर्फ विजेताले नगद ५० हजार रुपैयाँ, ट्रफी, मेडल, प्रमाणपत्र तथा एक म्युजिक भिडियोमा अभिनय गर्ने अवसर पाउनेछन्। प्रथम र द्वितीय उपविजेताले क्रमशः ३० हजार र २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। यस समूहका टप–१० प्रतियोगीलाई पनि विशेष पुरस्कार प्रदान गरिनेछ।

आयोजकले प्रतियोगितामार्फत नयाँ नृत्य प्रतिभाको खोजी, प्रोत्साहन र राष्ट्रिय स्तरमा परिचित गराउने लक्ष्य लिएको जनाएको छ। देशभरबाट प्रत्यक्ष तथा डिजिटल माध्यमबाट समेत सहभागिता सुनिश्चित गरिने आयोजकको विश्वास छ।

प्रतियोगिताको अडिसनका लागि ९८६५५५३६६७, ९८४९५३०२८८ र ९८४७३७१७५५ नम्बरमा ह्वाट्सएप वा भाइबर मार्फत आवेदन दिन सकिने आयोजकले जनाएको छ।

प्रकाशित: ७ साउन २०८३ १६:२५ | Thursday, July 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast