रक्सौल आइपुग्यो १,२५० मेट्रिक टन मल

हिमाल प्रेस ६ साउन २०८३ १७:४२ | Wednesday, July 22, 2026
6
SHARES
रक्सौल आइपुग्यो १,२५० मेट्रिक टन मल

काठमाडौँ- धान रोपाइँको मुख्य सिजनलाई लक्षित गर्दै रासायनिक मलको आपूर्ति निरन्तर सुदृढ बनाइएको छ।

कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार १,२५० मेट्रिक टन डीएपी (डाइअमोनियम फस्फेट) मल रक्सौल आइपुगेको छ भने कोलकाताबाट २,५०० मेट्रिक टन डीएपी बोकेको अर्को रेल रेक बुधबार रक्सौल आइपुग्ने छ।

यसैबीच, विराटनगर भन्सारमा २५० मेट्रिक टन डीएपी मल आइपुगेको छ। थप डीएपी मल ट्रकमार्फत विराटनगरतर्फ ल्याइँदै छ।

यस्तै, भैरहवा र विराटनगरका लागि ७५० मेट्रिक टन युरिया मल बोकेका ट्रकहरू मंगलबार नै भारतबाट नेपालतर्फ प्रस्थान गरिसकेका छन्।

उक्त मल गन्तव्यमा पुगेसँगै किसानलाई वितरण गरिने कृषि मन्त्रालयले जनाएको छ।

प्रकाशित: ६ साउन २०८३ १७:४२ | Wednesday, July 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast