इमाडोलमा भासियो सडक

हिमाल प्रेस ५ साउन २०८३ ११:५२ | Tuesday, July 21, 2026
20
SHARES
इमाडोलमा भासियो सडक

काठमाडौँ- ललितपुरको महालक्ष्मीस्थानको इमाडोलमा अविरल वर्षाका कारण सडक भासिएको छ। महालक्ष्मी नगरपालिका ३, महालक्ष्मीस्थानको इमाडोलमा सोमबार सडक भासिँदा ठूलो दुर्घटना टरेको छ। सडक भासिएपछि त्यसको छेउमा रहेको फर्निचर, क्याफे, किराना पसलसमेत जोखिममा परेको छ। सडकसँग जोडिएको भित्ता बलियो नभएकाले सडक भासिँदा भित्ता र माटो फर्निचरतर्फ खसेको थियो।सडक भासिँदा फर्निचरभित्र ६ जना थिए। बाहिरबाट ठूलो आवाज आएपछि उनीहरु भागेर निस्किएका थिए।

फर्निचरमा गाडिएका चार वटा फलामका संरचनाले भासिएको भित्ता र माटोलाई थामेर राखेपछि ठूलो क्षति हुनबाट जोगिएको फर्निचर संचालकले बताएका छन्। तीमध्ये केही फलाम बांगिएका छन्, जसले सडक भासिँदा परेको दबाबको अवस्था स्पष्ट देखाउँछ।

प्रकाशित: ५ साउन २०८३ ११:५२ | Tuesday, July 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast