बाढीको जोखिम, ११ जिल्लामा जारी भयो ‘हाइ अलर्ट’

हिमाल प्रेस ५ साउन २०८३ १०:२० | Tuesday, July 21, 2026
12
SHARES
बाढीको जोखिम, ११ जिल्लामा जारी भयो ‘हाइ अलर्ट’

काठमाडौँ- आज मंगलबार पनि देशका विभिन्न स्थानमा बाढीको जोखिम देखिएको छ। बाढी पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको प्रक्षेपणअनुसार देशका ११ जिल्ला र त्यस आसपास भएर बग्ने खोला तथा नदीमा बाढी आउने र जोखिम निम्त्याउने सम्भावना देखिएको हो।

बाढी महाशाखाले सूचनामा भनेको छ, ‘आज झापा, उदयपुर, मकवानपुर, गोरखा, लमजुङ, जाजरकोट, दैलेख, कालीकोट, डोटी, डडेलधुरा, बैतडी र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ।’

 

प्रकाशित: ५ साउन २०८३ १०:२० | Tuesday, July 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast