बल्ल खुल्यो पृथ्वी राजमार्ग, दुईतर्फ नै सन्चालनमा

हिमाल प्रेस ४ साउन २०८३ १३:०४ | Monday, July 20, 2026
6
SHARES
बल्ल खुल्यो पृथ्वी राजमार्ग, दुईतर्फ नै सन्चालनमा

काठमाडौँ-  अविरल वर्षाका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्गको धादिङ तथा चितवन खण्ड सुचारु भएको छ । नागढुंगा–मुग्लिङ सडक योजनाका अनुसार विभिन्न स्थानमा खसेका साना तथा ठूला पहिरो पन्छाएपछि आइतबार बिहान ११ः०० बजेदेखि यातायात दुईतर्फी रूपमै सुचारु भएको हो ।

शनिबार रातिदेखिको अविरल वर्षाका कारण जोगीमारा, जवाङ खोला, फिस्लिङ, चुम खोला लगायतका करिब एक दर्जन स्थानमा ढुङ्गा र लेदोसहितको पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो ।

अवरोध खुलाउन सडक योजनाका तर्फबाट रातिदेखि नै एक्स्काभेटर, लोडर र टिपर जस्ता आवश्यक मेशिन तथा उपकरणहरू परिचालन गरिएको थियो ।

निरन्तरको प्रयासपछि आइतबार बिहान ११ः ०० बजे सडकमा थुप्रिएको सम्पूर्ण पहिरो पन्छ्याउन प्राविधिक टोली सफल भएको जनाएको छ । हाल नारायणगढदेखि काठमाडौँसम्मको सम्पूर्ण सडक खण्ड सामान्य अवस्थामा सञ्चालनमा आइसकेको योजना कार्यालयले जनाएको छ ।

सडक योजना कार्यालयले प्रतिकूल मौसम र सडक अवरोधका बिच पनि धैर्यतापूर्वक लेन अनुशासन कायम राखी सहयोग पुर्याउने यात्रु तथा सवारी चालकहरूलाई धन्यवाद ज्ञापन गरेको छ । साथै, वर्षातको समय भएकाले सम्भावित जोखिम न्यूनीकरण गर्न यात्रा गर्नुअघि सडकको अवस्थाबारे राम्रोसँग बुझेर मात्र यात्रा तय गर्न सडक प्रयोगकर्ताहरूलाई हार्दिक अपिल गरिएको छ ।

प्रकाशित: ४ साउन २०८३ १३:०४ | Monday, July 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast