नारायणगढ-मुग्लिङ-काठमाडौँ सडकमा सवारी सञ्चालन बन्द

हिमाल प्रेस २ साउन २०८३ २१:१७ | Saturday, July 18, 2026
16
SHARES
नारायणगढ-मुग्लिङ-काठमाडौँ सडकमा सवारी सञ्चालन बन्द

चितवन– लगातार वर्षा र थप वर्षाको पूर्वानुमानका कारण जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार राति १० बजेदेखि नारायणगढ-मुग्लिङ-काठमाडौँ सडकखण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनाअनुसार धादिङसहित छिमेकी जिल्लाहरू तथा चितवनका विभिन्न स्थानमा वर्षा भइरहेको र रातिको समयमा सवारी सञ्चालन गर्दा दुर्घटना तथा अन्य जोखिम बढ्न सक्ने भएकाले अर्को सूचना जारी नभएसम्म उक्त सडकखण्डमा सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको हो।

जिल्ला प्रशासनले आवश्यक सूचना, सहयोग, समन्वय तथा सहजीकरणका लागि नेपाल प्रहरी (१००), सशस्त्र प्रहरी बल (१११४), जिल्ला आपत्कालीन सञ्चालन केन्द्र (१२३४) तथा जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारीको मोबाइल नम्बर ९८५५०१३९९९ मा सम्पर्क गर्न आग्रह गरेको छ।

प्रकाशित: २ साउन २०८३ २१:१७ | Saturday, July 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast