बुटवल- रूपन्देहीको बुटवल राजमार्ग चौराहामा टिप्परको ठक्करबाट शनिबार साइकल चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा सिद्धार्थनगर नगरपालिका वडा नं ५ बैंक रोड भैरहवा बस्ने ६० बर्षिय तारचन सुनार रहेका छन्।
भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख ३००२ नम्बरको टिप्परले सोही दिशाबाट बुटवल आउँदै गरेको सुनारलाई ठक्कर दिदा मृत्यु भएको इलाका प्रहरी कायालय बुटवलका इन्पेक्टर थम्मन जिसीले जानकारी दिए।
सुनार सवार साइकल विद्युत्तीय रहेको प्रहरीले बताएको छ।
प्रकाशित: २ साउन २०८३ १६:२७ | Saturday, July 18, 2026
प्रतिक्रिया

