३ महिनामा मुलुकभर भएका विपद्का घटनामा १६३ जनाको मृत्यु

हिमाल प्रेस २ साउन २०८३ ८:३९ | Saturday, July 18, 2026
8
SHARES
३ महिनामा मुलुकभर भएका विपद्का घटनामा १६३ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो तीन महिनामा मुलुकभर भएका विपद्का घटनामा १६३ जनाको मृत्यु भएको छ। यसअवधिमा भएका तीन हजार ३४७ विपद्का घटना भएका विपद्का घटनामा १ सय ६३ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

विपद्का घटनामा परेर ९७२ जना घाइते भएका छन्। विपद्बाट चार हजार ४७३ घर परिवार प्रभावित बनेका प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार गत वैशाख १ गतेदेखि आजसम्म सबैभन्दा बढी सर्पदंशका घटना भएका छन् । सर्पदंशका कारण ३९ जनाको मृत्यु भएको छ।

चटयाङ्बाट २५, लोक लागेर २१, आगलागी र जनावरको आक्रणबाट १७÷१७, हुरीबतासबाट १३, पहिरोबाट १२, बाढीबाट १० र भारी वर्षाका कारण चार जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा मात्रै ४५ विपद्का घटनामा परी तीन जनाको मृत्यु तथा २५ जना घाइते भएका छन् । विपद्बाट रु १२ लाख २७ हजार बराबरको क्षति भएको प्राधिरणले जनाएको छ।

 

प्रकाशित: २ साउन २०८३ ८:३९ | Saturday, July 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast