प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)
काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले आज महिला उद्यमी महासंघका पदाधिकारीहरूसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री बालेनले महिला उद्यमी महासंघका पदाधिकारीहरूसँग विशेष छलफल गर्न लागेका हुन् ।
छलफलमा प्रधानमन्त्री बालेन र महासंघका प्रतिनिधिहरूबीच महिला उद्यमशीलता प्रवर्द्धन, नीतिगत सुधार तथा उद्योग क्षेत्रमा महिलाहरूको सहभागिता वृद्धिका विषयमा संवाद हुनेछ ।
छलफलमा महिला उद्यमी महासंघका तर्फबाट अध्यक्ष दर्शना श्रेष्ठ, तृतीय उपाध्यक्ष महालक्ष्मी श्रेष्ठ, महासचिव सविता सुवेदी, सचिव डिकिला शेर्पा लामा र कार्यकारिणी सदस्य अनुजा राजभण्डारी श्रेष्ठ सहभागी हुनेछन् ।
प्रकाशित: ३२ असार २०८३ १२:३० | Thursday, July 16, 2026
प्रतिक्रिया


