‘तीन तीघ्रे क्या बिग्रे’मा नायक बन्दै ‘भटभटे माइला’

हिमाल प्रेस ३२ असार २०८३ ११:१७ | Thursday, July 16, 2026
‘तीन तीघ्रे क्या बिग्रे’मा नायक बन्दै ‘भटभटे माइला’

काठमाडौँ- ‘भटभटे माइला’को चरित्रबाट दर्शकमाझ चिनिएका बेगम नेपाली अब नायकका रूपमा देखिने भएका छन्। उनी रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नेपाली चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’ मा मुख्य भूमिकाका लागि अनुबन्धित भएका हुन्।

अमरदीप सापकोटाको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको यस चलचित्रको छायाङ्कन यही सातादेखि सुरु हुने तयारी गरिएको छ। चलचित्रका निर्माता रघुनाथ सापकोटा हुन्।

निर्माता सापकोटाका अनुसार चलचित्रमा नेपाली मनोरञ्जन क्षेत्रका चर्चित र लोकप्रिय कलाकारहरूको सशक्त उपस्थिति रहनेछ। चलचित्रका गीत गायक पशुपति शर्माले तयार गर्नेछन् भने छायाङ्कनको जिम्मेवारी सिनेमाटोग्राफर संकल भुजेलले सम्हाल्नेछन्।

यसअघि नै चलचित्रका लागि चर्चित गायक पशुपति शर्मा, गायिका अन्जु पन्तकी छोरी परितोषिका पन्त, कलाकार समिया कार्की तथा लोकप्रिय कमेडियन प्रभात लामा मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन्।

पूर्ण मनोरञ्जनात्मक कमेडी जनरामा निर्माण हुन लागेको ‘तीन तीघ्रे क्या बिग्रे’ ले हाँसो, व्यंग्य र पारिवारिक मनोरञ्जनको नयाँ स्वाद दर्शकमाझ पस्किने लक्ष्य लिएको निर्देशक अमरदीप सापकोटाले बताएका छन्।

प्रकाशित: ३२ असार २०८३ ११:१७ | Thursday, July 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast