पूर्वप्रदेश प्रमुख अहिराज बलात्कार मुद्दामा दोषी ठहर

हिमाल प्रेस ३० असार २०८३ २०:१४ | Tuesday, July 14, 2026
36
SHARES
पूर्वप्रदेश प्रमुख अहिराज बलात्कार मुद्दामा दोषी ठहर

काठमाडौँ- मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर भएका छन्।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलेको इजलासले उनलाई दोषी ठहर गरेको हो।

‘यसमा प्रतिवादी राजेश अहिराज भन्ने राजेश झाले मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा (१) र (२) बमोजिम कसुर गरेको ठहर्छ,’ आदेशमा भनिएको छ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पिताम्बर शर्माको इजलासले २०८२ साउनमा उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो।

बलात्कार मुद्दामा दोषी ठहर भएका अहिराजलाई सजाय तोक्न इजलासले बिहीबार पेसी तोकेको छ।

२३ वर्षीया एक युवतीले उनीविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो। अहिराजले पीडितलाई काठमाडौँस्थित उनको निवासमा गएर बलात्कार गरेको आरोप छ। प्रहरीले उनलाई गत वर्ष साउन ४ गते पक्राउ गरेको थियो।

त्यसअघि अहिराजले ती युवतीविरुद्ध आपराधिक लाभसम्बन्धी उजुरी प्रहरीमा दिएका थिए।

अहिराज २०७७ फागुन ७ मा मधेश प्रदेशको प्रमुख नियुक्त भएका थिए। उनलाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले प्रदेश प्रमुख नियुक्त गरेको थियो।

प्रकाशित: ३० असार २०८३ २०:१४ | Tuesday, July 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast