एमाले अध्यक्ष ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्ने

हिमाल प्रेस २२ माघ २०७९ १०:४९ | Sunday, February 5, 2023
एमाले अध्यक्ष ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्ने

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन्। बैठक दिउँसो १ बजेका लागि डाकिएको छ।

अध्यक्ष ओली सरकार सञ्चालनमा सघाउन गठित उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक हुन्। बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमका बाधा अड्काउ फुकाउ आदेश सदन समक्ष पेस गर्ने कार्यसूची छ।

प्रकाशित: २२ माघ २०७९ १०:४९ | Sunday, February 5, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast