सेयर बजार सुधारको माग गर्दै लगानीकर्ताद्वारा सेबोन कार्यालय घेराउ

हिमाल प्रेस ३० असार २०८३ १३:०४ | Tuesday, July 14, 2026
सेयर बजार सुधारको माग गर्दै लगानीकर्ताद्वारा सेबोन कार्यालय घेराउ

काठमाडौँ- सेयर बजारमा निरन्तर गिरावट आएपछि लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्ड (सेबोन) को केन्द्रीय कार्यालय घेराउ गर्दै तत्काल नीतिगत सुधारको माग गरेका छन्।

सेयर लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा मंगलबार बिहान लगानीकर्ताहरू सेबोन कार्यालय पुगेका हुन्।

उनीहरूले बजारलाई दीर्घकालीन रूपमा सुधार गर्न आवश्यक नीति, नियम र पूर्वाधार निर्माणमा सरकार तथा नियामक निकायले ध्यान दिनुपर्ने माग गरेका छन्।

कोइरालाले आफूहरू बजार बढाउन मात्र नभई पूँजी बजारको संस्थागत सुधारका लागि दबाब दिन आएको बताए।

उनले भने,‘बजार बढाउनु पर्‍यो भनेर मात्र हामी यहाँ आएका होइनौँ। बजारमा आवश्यक नीति, नियम र पूर्वाधार निर्माण भयो कि भएन भन्ने विषयमा ध्यानाकर्षण गराउन आएका हौँ।’

उनले पूँजी बजारमा लाखौँ लगानीकर्ताको लगानी रहेको उल्लेख गर्दै यो क्षेत्र कमजोर बनेमा समग्र अर्थतन्त्रमा समेत नकारात्मक असर पर्ने चेतावनी दिए।

उनले भने,‘पूँजी बजारमा धेरैको लगानी छ। यो क्षेत्र धराशायी भयो भने त्यसको असर अन्य क्षेत्रहरूमा पनि पर्छ।’

प्रकाशित: ३० असार २०८३ १३:०४ | Tuesday, July 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast