नयाँ प्रणालीबाट राहदानी उत्पादन र व्यवस्थापन सुरु

हिमाल प्रेस २९ असार २०८३ १३:१५ | Monday, July 13, 2026
18
SHARES
नयाँ प्रणालीबाट राहदानी उत्पादन र व्यवस्थापन सुरु

काठमाडौँ- राहदानी विभागले सोमबारदेखि नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत राहदानी सेवा सञ्चालनमा ल्याएको छ।

परराष्ट्र मन्त्रालयअन्तर्गतको विभागले मुलुकको इतिहासकै सबैभन्दा ठूलो डेटा माइग्रेसनको सफलतापूर्वक सम्पन्न गरी राहदानी सेवा सञ्चालनमा ल्याएको हो।

करिब एक करोड नेपाली नागरिकका राहदानीसम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण गरिएको विभागले जनाएको छ।

यस्तो बृहत् सूचना प्रविधि प्रणालीको कार्यान्वयन भएपछि सुरुवातका दिनहरुमा केही प्राविधिक चुनौती, प्रणालीमा सुस्तता, राहदानी वितरणमा सामान्य ढिलाइ देखिनु स्वाभाविक हुनेछ।

विभागले यस्ता सम्भावित अवस्थाको पूर्वतयारी स्वरूप विभागका प्राविधिक टोली एवं कर्मचारी तथा प्रणाली विकास गर्ने कम्पनीका विशेषज्ञ चौबीसैँ घण्टा तयारी अवस्थामा रही प्रणालीको निरन्तर अनुगमन, परीक्षण तथा सुधारमा खटिरहेको जनाएको छ।

यस किसिमका समस्याहरूको शीघ्र तथा दीर्घकालीन समाधान गर्न विभाग पूर्ण रूपमा सक्षम र प्रतिबद्ध रहेको विभागले विश्वास दिलाएको छ।

यस नयाँ प्रणालीको सुरुवाती चरणमा, राहदानी अत्यावश्यक भएका सेवाग्राहीहरूले मात्र आवेदन दिन अनुरोध गरिएको छ।

यस सहयोगले नयाँ प्रणालीलाई थप स्थिर र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने बताइएको छ।

प्रकाशित: २९ असार २०८३ १३:१५ | Monday, July 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast