काठमाडौँ- सिरहाको गोलबजारमा खाल्डोमा डुबेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ।
गोलबजार नगरपालिका–७ पुरानो चोहर्वा चोकस्थित पशु हाटबजार परिसरको
खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको हो। मृतक तीनै जना भाइ/बहिनी रहेको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी रमशेबहादुर पालले गर्मी छल्न नुहाउन गएको बेला डुबेर उनीहरूको मृत्यु भएको बताए।
मृत्यु हुनेमा अवास शेखका १२ वर्षीया छोरी सबनम खातुन, १० वर्षीया छोरी रुबिना खातुन र ७ वर्षीय छोरा साइफुल शेख रहेका बताइएको छ।
रौतहट जिल्ला घर भएका शेख गोलबजारमा कोठा भाडा लिएर बस्दै आएका थिए। कवाडी संकलन पेसामा आवद्ध उनका पाँच सन्तानमध्ये तीन जना दिउँसो घरबाट खेल्न निस्किएका थिए।
प्रकाशित: २८ असार २०८३ १९:०१ | Sunday, July 12, 2026
प्रतिक्रिया



