महोत्तरीमा डुबेर एकैदिन चार बालिकाको मृत्यु

हिमाल प्रेस ८ जेठ २०८३ १९:५४ | Friday, May 22, 2026
14
SHARES
महोत्तरीमा डुबेर एकैदिन चार बालिकाको मृत्यु प्रतीकात्मक तस्बिर।

काठमाडौँ– महोत्तरीमा डुबेर चार जना बालिकाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार जिल्लाको मनरासिस्वा नगरपालिका–७ सरपल्लो गाउँको नदीमा तीन बालिका र गौशाला नगरपालिका–४ रजखोर गाउँमा एक बालिकाको डुबेर मृत्यु भएको हो।

मनरासिस्वा नपा–७ सरपल्लोका वीरेन्द्र भण्डारीकी छोरीहरु १२ वर्षीया स्नेहाकुमारी र ६ वर्षीया शिवानीकुमारी तथा अजिज नदाफकी छोरी १२ वर्षीया अफसाना खातुनको डुबेर मृत्यु भएको हो।

सरपल्लो गाउँकी तीनै जना बालिका दिउँसो अङ्कुशी र जङ्घा नदीको दोभानमा नुहाउन गएका थिए। नुहाउने क्रममा खुट्टा चिप्लेर नदीमा डुबेर मृत्यु भएको हो।

गौशाला नपा–४ रजखोर गाउँ बस्ने नरेश महतोकी छोरी दुई वर्षीया दीपिका कुमारीको घर नजिकै रहेको खेतमा जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरी निरीक्षक रमेश लामाले बताए।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

प्रकाशित: ८ जेठ २०८३ १९:५४ | Friday, May 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast