काठमाडौँ- नेपाली फिल्म ‘आशा’ निर्माण हुने भएको छ। शर्मिला थापाको लगानीमा बन्न लागेको फिल्मको औपचारिक घोषणा गरिएको हो।
फिल्मको लेखन तथा निर्देशन राजिव गुरुङले गर्ने छन्। फिल्ममा कलाकारको रूपमा महेश त्रिपाठी, अञ्जना बराइली, सुशील सिटौला, शुशांक मैनाली, आशान्त शर्मा, केनिपा सिंह, कविता रेग्मी लगायतका कलाकारको अभिनय रहनेछ ।
फिल्म घोषणा कार्यक्रमलाई फरक शैलीमा प्रस्तुत गरिएको थियो । अग्रज प्राविधिकलाई सम्मान गर्दै आयोजना गरिएको कार्यक्रममा फिल्मको विषयवस्तु, कलाकार तथा प्राविधिक टोलीको परिचय गराइएको थियो । ११ जना बटुकद्वारा स्वस्तिवाचन गरिएपछि फिल्मको शीर्षक र कलाकार सार्वजनिक गरिएको थियो ।
फिल्ममा सह लेखक रामकुमार श्रेष्ठ, स्क्रिप्ट सुपरभाइजर र कास्टिङ निर्देशक सुदाम सिके, सिनेम्याटोग्राफर नरेन्द्र मैनाली, संगीतकार युग भुसाल र समीर खरेल र वितरक करण श्रेष्ठ (रीच इन्टरटेनमेन्ट) रहेका छन् ।



