नेपाल र भारत ‘ए’ बीच त्रिविमा टी २० क्रिकेट शृंखला हुने

हिमाल प्रेस २७ असार २०८३ ९:१५ | Saturday, July 11, 2026
6
SHARES
नेपाल र भारत ‘ए’ बीच त्रिविमा टी २० क्रिकेट शृंखला हुने

काठमाडौँ- नेपाल र भारत ‘ए’ बीच काठमाडौंस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा तीन खेलको टी २० अन्तर्राष्ट्रिय शृंखला आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार सिरिज डिसेम्बर ९ देखि १३ डिसेम्बरसम्म हुनेछ। उक्त शृंखला आयोजना गर्ने निर्णय स्कटल्यान्डमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को सम्मेलनका क्रममा भएको हो।

सम्मेलनमा क्यानका अध्यक्ष चतुर बहादुर चन्द, सचिव पारस खड्का तथा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव देवजीत सैकियाबीच भएको बैठकपछि शृंखलाको टुंगो लागेको क्यानले जनाएको छ।

 

प्रकाशित: २७ असार २०८३ ९:१५ | Saturday, July 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast