गणेश नेपाली मृत्यु प्रकरण : काठमाडौँमा प्रदर्शन

हिमाल प्रेस २६ असार २०८३ १७:१२ | Friday, July 10, 2026
12
SHARES
गणेश नेपाली मृत्यु प्रकरण : काठमाडौँमा प्रदर्शन

काठमाडौँ- राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका युवा गणेश नेपालीको निधन भएपछि आफन्तजन लगायतले वीर अस्पतालमा प्रदर्शन गरेका छन्।

राज्यका कारण नेपालीको मृत्यु भएको भन्दै उनीहरुले वीर अस्पतालमा प्रदर्शन गरेका हुन्।

शुक्रबार बिहान अस्पतालले नेपालीलाई मृत्यु भएको घोषणा गरेपछि आफन्तजन, शुभेच्छुक तथा युवाहरु वीर अस्पताल पुगेका थिए।

‘हत्यारा सरकार मुर्दाबाद’ लेखिएको प्लेकार्ड देखाउँदै युवाहरुले अस्पताल परिसरभित्र प्रदर्शन गरेका हुन्। उनीहरुले नेपालीको निधन भएको खबर ढिला मात्रै जानकारी गराएको भन्दै आक्रोश व्यक्त गरेका थिए।

त्यस्तै घटनाको विरोधमा संयुक्त विद्यार्थी संगठनले पनि प्रदर्शन गरेको छ। संयुक्त विद्यार्थी संगठनले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको हो।

नेपालीका आफन्तजनहरुले राज्यका कारण आत्मदाह गर्ने अवस्था आएको भन्दै सरकारले परिवारको हेरचाहको जिम्मेवारी नलिँदासम्म आफूहरुले शव नबुझ्ने जनाएका छन्।

आफ्नो मोटरसाइकलमा काठमाडौँ महानगरका नगर प्रहरीले ह्वील लक गरेको विषयमा विवाद हुँदा नेपालीले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। आगोका कारण गम्भीर घाइते भएका नेपालीको शुक्रबार बिहान उपचारका क्रममा वीर अस्प्तालमा निधन भएको हो।

प्रकाशित: २६ असार २०८३ १७:१२ | Friday, July 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast