संविधान संशोधनका लागि सरकार एकपक्षीय ढंगले अघि बढ्न खोज्यो : हमाल

हिमाल प्रेस २५ असार २०८३ १४:३४ | Thursday, July 9, 2026
12
SHARES
संविधान संशोधनका लागि सरकार एकपक्षीय ढंगले अघि बढ्न खोज्यो : हमाल

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय सहमतिविना संविधान संशोधनको प्रक्रिया अगाडि बढ्न नसक्ने स्पष्ट पारेको छ।

बिहीबार प्रतिनिधिसभा बैठकमा विशेष समय माग गरेर बोल्दै नेकपा सांसद प्रमेश हमालले संविधान संशोधनका लागि सरकार एकपक्षीय ढंगले अघि बढ्न खोजेको भन्दै राष्ट्रिय सहमतिविना संविधान संशोधनको प्रक्रिया अगाडि बढ्न नसक्ने बताएका हुन्।

अहिले संशोधनको दस्ताबेज बनाउनका लागि तयार गरिएको कार्यदल अपारदर्शी र त्रुटिपूर्ण रहेको भन्दै उनले यसले संविधानको मर्ममाथि नै प्रश्न उठाउन खोजेको आरोप लगाए। अहिलेको अवस्थामा नेकपा उक्त कार्यदलबाट अलग हुने उनले बताए।

उनले सरकारका कामकारवाहीहरू पारदर्शी र जवाफदेही हुनुपर्नेमा जोड दिए। नेता हमालले सरकारले सुशासनको प्रचार गरे पनि यसका गतिविधिहरू प्रतिशोधपूर्ण र तर्साउने खालका भएको आरोप लगाए।

हमालले दलाई लामाको जन्मोत्सव नागार्जुन नगरपालिकाको कुनै एउटा विद्यालयमा सम्पन्न भएको र विदेशी कूटनीतिज्ञहरु पनि सहभागी भएको समाचार आइरहेको भन्दै यसमा सरकारको धारणा माग गरे।

उनले एक चीन नीति र असंलग्न परराष्ट्र नीतिका विषयमा सरकारले स्पष्ट पार्नुपर्ने बताए। साथै उनले संसद अधिवेशन अन्त्य गरेर सरकारले फेरि अध्यादेश ल्याउन खाजेको उल्लेख गरे।

प्रकाशित: २५ असार २०८३ १४:३४ | Thursday, July 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast