‘तिरिमिरी झ्याइँ’को मुख्य भूमिका देखिदै कमेडियन सुमन कोइराला

हिमाल प्रेस २५ असार २०८३ १३:२९ | Thursday, July 9, 2026
6
SHARES
‘तिरिमिरी झ्याइँ’को मुख्य भूमिका देखिदै कमेडियन सुमन कोइराला

काठमाडौँ- फिल्म ‘तिरिमिरी झ्याइँ’ को बिहीबार कमलादीस्थित गणेश मन्दिरमा शुभ–मुहूर्त गरिएको छ।  होराइजन मोसन पिक्चर्स प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्मको छायांकन असार २९ गतेबाट सुरु हुने निर्माण पक्षले जनाएको छ।

फिल्ममार्फत चर्चित कमेडियन सुमन कोइराला पहिलोपटक मुख्य नायकका रूपमा डेब्यु गर्दैछन्। फिल्ममा उनीसँगै धिरेन शाक्य, आभास अधिकारी, सरोज अर्याल, रेयर राई, सुरज चौलागाईं, राज न्यौपाने, जय राम ढकाल, पुष्कर खतिवडा, राजश्री थापा र घनश्याम जोशी लगायतका कलाकारको अभिनय रहनेछ।

आभास अधिकारीको कथा तथा कन्सेप्टमा बन्न लागेको फिल्मलाई समीरले निर्देशन गर्दैछन्। मुहूर्त कार्यक्रममा निर्देशक समीरले ‘तिरिमिरी झ्याइँ’ सुरुदेखि अन्त्यसम्म दर्शकलाई हँसाउने मनोरञ्जनात्मक फिल्म हुने बताए। फिल्ममा विशाल कक्षपतिको छायांकन, अभिषेक कार्कीको संगीत रहनेछ। पटकथा तथा संवाद गणेश उपाध्याय, प्रेमबहादुर थापा र सुमन कोइरालाले संयुक्त रूपमा तयार पारेका हुन्।

करणबहादुर साउद मुख्य सहायक निर्देशक, निर्मल न्यौपाने प्रोडक्सन म्यानेजर र रबिन काजी शाक्य प्रोडक्सन डिजाइनरको भूमिकामा रहेका छन्। फिल्ममा प्रदीप लामा र सियोन श्रेष्ठको कोरियोग्राफी तथा रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट) को पोस्टर तथा पब्लिसिटी डिजाइन रहने निर्माण पक्षले जनाएको छ।

प्रकाशित: २५ असार २०८३ १३:२९ | Thursday, July 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast