काठमाडौँ- जेनजी आन्दोलन र त्यसपछिको अवस्थालाई चित्रण गरिएको फिल्म चंगुल भदौ १९ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति बाहिर ल्याएको हो।
मालती कार्कीको निर्माण तथा राम गौतमको निर्देशन रहेको फिल्ममा भ्रष्टाचारको कारण थिलथिलो भएको देश र त्यस पछिको युवा जागरणलाई कथा बनाइएको छ। गत वर्ष भदौ २३ र २४ को आन्दोलन र त्यही आन्दोलनमा ज्यान गुमाउने जेनजी आन्दोलनका सहिदहरुको सम्झना स्वरूप फिल्म भदौ १९ मा रिलिज गर्न लागिएको फिल्मकी निर्माता मालती कार्कीले जानकारी दिइन्।
फिल्ममा रवि कार्की, लय संग्रौला, लक्ष्मीनाथ तिमल्सिना, राकेश कुमार राई लगायतको अभिनय छ। विपिन आचार्य तथा नन्दनी अधिकारीको संगीत रहेको फिल्ममा देव महर्जनको द्वन्द्व, दीपेन्द्र बस्न्यातको छायांकन तथा सम्पादन छ ।




