कमेडी च्याम्पसियनको जर्जबाट बाहिरिए सन्तोष पन्त, मनोज गजुरेल र प्रदीप भट्टराई

हिमाल प्रेस २५ असार २०८३ ९:४९ | Thursday, July 9, 2026
4
SHARES
कमेडी च्याम्पसियनको जर्जबाट बाहिरिए सन्तोष पन्त, मनोज गजुरेल र प्रदीप भट्टराई

काठमाडौँ- कमेडी च्याम्पियनको चौथो सिजनका निर्णायक (जज) यसपटक फेरिएका छन्। च्याम्पियन स्रोतका अनुसार चौथो सिजनमा हास्य कलाकार तथा अभिनेता जितु नेपाल, अभिनेत्री ऋचा शर्मा र निर्देशक विशाल भण्डारी निर्णायकको भूमिकामा रहनेछन्।

अघिल्ला तीनै संस्करणमा निर्णायक रहेकी ऋचा यसपटक पनि निरन्तरता पाउने एकमात्र सदस्य हुन्। जितु र विशाल जजका रूपमा जोडिएका छन्। ३ सिजनसम्म च्याम्पियनमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा थिए। अब पुरानो टिमबाट ऋचा मात्र रहनेछिन्।  आगामी साता पत्रकार सम्मेलनमार्फत चौथो सिजनबारे विस्तृत जानकारीसहित निर्णायकको औपचारिक घोषणा गर्ने तयारी रहेको स्रोतले जनाएको छ।

शोमा कमेडियन मेक्सम गौडेल र पूर्वमिस नेपाल नम्रता श्रेष्ठले होस्टको जिम्मेवारी सम्हाल्नेछन्।

प्रकाशित: २५ असार २०८३ ९:४९ | Thursday, July 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast