प्रधानमन्त्रीले आज उद्योगी व्यवसायीसँग छलफल गर्दै

हिमाल प्रेस २४ असार २०८३ १०:१९ | Wednesday, July 8, 2026
4
SHARES
प्रधानमन्त्रीले आज उद्योगी व्यवसायीसँग छलफल गर्दै

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाह ‘वालेन’ले आज उद्योग तथा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ बजेका लागि बैठक तय गरिएको हो।

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्सलगायत निजी क्षेत्रका प्रमुख तथा पदाधिकारी सहभागी हुनेछन्। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालका अनुसार निजी क्षेत्रका समसामयिक विषय, आर्थिक गतिविधि तथा व्यवसायिक वातावरणसँग सम्बन्धित मुद्दामा प्रधानमन्त्रीसँग विचार आदानप्रदान हुने कार्यक्रम रहेको छ।

निजी क्षेत्रका प्रतिनिधिले आगामी आर्थिक नीति तथा व्यवसायिक वातावरण सुधारका विषयमा सरकारसँग संवाद आवश्यक रहेको बताउँदै आएका थिए। सोही सन्दर्भमा प्रधानमन्त्रीले उद्योगी–व्यवसायीलाई छलफलका लागि आमन्त्रण गरेका हुन्।

प्रकाशित: २४ असार २०८३ १०:१९ | Wednesday, July 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast